Skip This
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको बेरुजु शून्य
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ३१ बुधबार
  • Wednesday, 14 May, 2025
इन्द्रबहादुर थापा काभ्रेपलाञ्चोक
२o८२ बैशाख ३१ बुधबार २२:४५:oo
Read Time : > 1 मिनेट
समाचार

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाको बेरुजु शून्य

Read Time : > 1 मिनेट
इन्द्रबहादुर थापा, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
२o८२ बैशाख ३१ बुधबार २२:४५:oo

महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । आर्थिक बर्ष ०८०/०८१ मा एक अर्ब २७ करोड ९४ लाख ५५ हजारको लेखापरीक्षण गरेकोमा बेरुजु शुन्य भएको हो ।

प्रतिशतको आधारमा जिल्लामा सबैभन्दा बढी बेरुजु खानी खोला गाउँपालिकाको रहेको छ । उक्त गाउँपालिकाको एक अर्ब २ करोड ७६ लाख ३६ हजारको लेखा परीक्षण गरेकोमा चार करोड ६१ लाख ५० हजार बेरुजु भएको छ । महालेखापरीक्षको प्रतिवेदनअनुसार ४ दशमलव ४९ प्रतिशत बेरुजु भएको हो ।

यस्तै, मण्डनदेउपुर नगरपालिकाको बेरुजु प्रतिशत ० दशलव ०९ प्रतिशतरहेको छ । आर्थिक बर्ष ०८०÷०८१ मा एक अर्ब ७८ करोड ५ लाख १८ हजारको लेखापरीक्षण गरेकोमा १६ लाख ६९ हजार बेरुजु रहेको छ ।

धुलिखेल नगरपालिकाको ० दशमलव २५ प्रतिशत अर्थात ४४ लाख ३२ हजार बेरुजु, पनौती नगरपालिकाको ० दशमलव ३९ प्रतिशत अर्थात एक करोड ४ लाख ९९ हजार, भुम्लु गाउँपालिकाको ० दशमलव ८६ प्रतिशत अर्थात एक करोड २२ लाख ७ हजार, चौरी देउराली गाउँपालिकाको १ प्रतिशत अर्थात एक करोड ३५ लाख ७४ हजार, तेमाल गाउँपालिकाको १ दशमलव १२ प्रतिशत अर्थात एक करोड ४१ लाख ३१ हजार बेरुजु रहेको छ ।

प्रतिवेदन अनुसार पाँचखाल नगरपालिकाको १ दशमलव ३५ प्रतिशत अर्थात २ करोड ३५ लाख ७७हजार, बेथानचोक गाउँपालिका १ दशमलव ७५ प्रतिशत अर्थात २ करोड ४६ लाख १० हजार, रोशी गाउँपालिकाको २ दशमलव २० प्रतिशत अर्थात ३ करोड ८१ लाख ४ हजार, बनेपा नगरपालिकाको २ दशमलव २२ प्रतिशत अर्थात ५ करोड ९४ लाख ६३ हजार र नमोबुद्ध नगरपालिकाको २ दशमलव ६० प्रतिशत अर्थात ४ करोड ४९ हजार १८ हजार बेरुजु देखाएको छ । 

समग्रमा हेर्दा काभ्रेपलाञ्चोक जिल्लाको पालिकाहरूले गतबर्षको तुलनामा बेरुजु रकम घटाएका छन् । महाभारत गाउँपालिकाको बेरुजु आर्थिक बर्ष ०७९/०८० मा पनि शून्य रहेको थियो ।