जुवाडे छुटाउन नेताको दबाब

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका ७  कुवाटोलस्थित टहराबाट ३७ वर्षीय सुरज तामाङसहित नौ जुवाडे पक्राउ गरेको छ । स्थानीय महिला समूहको सुराकीपछि जुवाखालमा छापा हानेर प्रहरीले जुवाडेहरू पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले एक लाख एक हजार नौ सय रुपैयाँसहित १६ थान कौडा बरामद गरेको छ । पक्राउ अभियुक्तहरूलाई प्रहरी वृत्त बौद्धको हिरासतमा राखिएको छ । 

प्रहरीका अनुसार पक्राउ परेका सुरजले जुवा खेलाइरहेका थिए । काभ्रे पाँचखाल १ घर भएका सुरज पेशवर जुवाडे भएको प्रहरीले जनाएको छ । उनीहरूलाई छुटाउन  स्थानीय राजनीतिक दलक नेताबाट दबाब आइरहेको प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार