करणी अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

बिहिबार, ३ कार्तिक, २०७९
डिजिटल संस्करण

जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ। ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गर्ने धनुषा विदेह नपा– ३ कर्माहियाका ६० वर्षीय विशेश्वर मुखियालाई पक्राउ गरेको हाे  ।

प्रहरीका अनुसार मुखियाले झारफुक गर्ने बहानामा सोमबार महिलाको घर प्रवेश गरी  जबर्जस्ती करणी गरेका थिए । पीडितको जाहेरीका आधारमा प्रहरीले उनलाई  बुधबार दुहबीबाट पक्राउ गरेको हो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

See More On

सुझावित समाचार