नौमती बाजा तथा सांस्कृतिक महोत्सवको रौनक [तस्बिर]

बुधबार, २६ असोज, २०७९
डिजिटल संस्करण

नेपाली मौलिक नौमती बाजाको संरक्षणसँगै स्थानीय कला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मीको मुसिकोट नगरपालिका- ७ बामीमा तेस्रो नौमती बाजा तथा सांस्कृतिक महोत्सव सुरु भएको छ। 

महोत्सवको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेलले गरेका थिए। बामी विश्व सम्पर्क मञ्चले प्रत्येक दुई वर्षमा नौमती बाजा महोत्सवको आयोजना गर्दै आएको छ। 

अघिल्लो महोत्सव कोभिड–१९ को कारण स्थगित भएको थियो। नौमती बाजा पुस्तान्तरण नहुँदा दुलर्भ बन्दै गएको सन्दर्भमा संरक्षण र प्रवर्द्धनको लागि सम्पर्क मञ्चले सानो प्रयास गरिरहेको बामी विश्व सम्पर्क मञ्चका अध्यक्ष बैकुण्ठबहादुर रायमाझीले बताए।

ताराखोलाले जित्यो पहिलो पुरस्कार

नौमती बाजा महोत्सवमा पहिलो दिन मंगलबार नौमती बाजा प्रतियोगिता गरिएको थियो। जसका गुल्मीसहितका विभिन्न जिल्लाबाट १७ समूहले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा प्रथम बाग्लुङको ताराखोला बाजा समूहले नगद रु ५५ हजार पाँच सय ५५ र ट्रफी प्राप्त गरेको छ। 

त्यस्तै, गुल्मी चन्द्रकोटको भिरखानी बाजा समूहले द्वितीय भएर नगद रु ४४ हजार चार सय ४४ तथा बुटवल बाजा समूहले तृतीय स्थान प्राप्त गरेर नगद रु ३३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार र ट्रफी हात प्राप्त गरेको कार्यक्रम संयोजक नारायण सापकोटाले जानकारी दिए।

स्थानीय कला संस्कृतिको प्रर्दशन 

मुसिकोट नगरपालिकाभित्र रहेका विभिन्न स्थानीय संस्कृति तथा झाँकीसहित नौमती बाजाका साथमा बजार परिक्रममा गरी सुरु गरिएको थियो। मालारानीको घाटु, पुराना गाउँको ठाडो भाका, मैदान ठुलाखर्कको संयुक्त भजन, बसेरीको सोरठी, पल्टारको हेम्फै नृत्य, बामीबजारको लाखे नाच निकै प्रख्यात छन्। 

मुसिकोटका हरेक कार्यक्रमहरू प्रस्तुत गरिने पुराना मौलिक लोकसंस्कृतिहरू पनि संकटकै चरणमा रहेका छन्। यद्यपि स्थानीय तहहरूले मौलिक लोकसंस्कृतिको जर्गेना गर्न र प्रवर्द्धनमा केही प्रयास थालेका छन्। तर, बसाइँसराइ र युवापुस्ताको विदेश पलायनले सोचअनुसारको काम हुन नसकेको लोक दोहोरी गायक उज्जल गिरीले बताए। 

आज  खेम सेन्चुरी, रामचन्द्र चन्द, अस्मिता डल्लाकोटी, तिलक बस्नेत, बालचन्द्र बराल, विष्णु श्रीपाली, सिमा थापा, मोडल ओबी रायमाझीलगायतका राष्ट्रिय कलाकारहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए। 

सुझावित समाचार