होन्डाको दसैँ शुभलाभ योजना

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण

 होन्डा टु ह्विलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डाको दसैँको शुभलाभ’ नामक ग्राहकमुखी उपहार योजना ल्याएको छ । योजनाअनुसार ग्राहकले स्क्र्याच कुपनमार्फत सात लाख रुपैयाँसम्मको क्यासब्याक र अन्य आकर्षक उपहार पाउने जनाइएको छ ।

यसका साथै, ७ प्रदेशबाट एक–एकजना गरी सातजनाले एक लाख रुपैयाँका दरले सात लाख रुपैयाँ पाउन सक्ने कम्पनीले जनाएको छ । बम्परमा लक्की ड्रमार्फत १५ लाख रुपैयाँ उपहार रहेको जनाइएको छ । 

उपहारका साथै इजी फाइनान्सको पनि सुविधा रहेको कम्पनीले जनाएको छ । योजना सीमित अवधिका लागि मात्रै लागू हुने कम्पनीको भनाइ छ । 

See More On

सुझावित समाचार