वसन्तपुरमा इन्द्रजात्राको रौनक (फोटोफिचर)

शुक्रबार, २४ भदौ, २०७९
डिजिटल संस्करण

उपत्यकाको चर्चित इन्द्रजात्राको मूल कार्य शुक्रबार सुरु भएको छ। जात्राको मुख्य दिन शुक्रबार दिउँसो ४ बजे वसन्तपुरमा रथारोहण गरिएको हो।

यसअघि बुधबार बिहान हनुमानढोकामा बिहान ७:१७ मिनेटको शुभसाइतमा इन्द्रजात्राको लिंगो (यःसी) ठड्याइको थियो। शुक्रबार बिहान २ बजे वसन्तपुरस्थित गद्दी बैठकअगाडि रहेको कुमारीघरमा रहेको कुमारी, गणेश र भैरवको पूजा गरेपछि जात्रा प्रारम्भ भएको मानिनेछ। रथ यात्रा गर्नुअघि दिउँसो साढे ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले रथ र कलश पूजा गरेकी छिन्। त्यसपछि ४ बजे रथ गुडाउन सुरु भएको हो।

सुझावित समाचार