अब होर्डिङ बोर्ड हटाउँदै बालेन

बिहिबार, १६ भदौ, २०७९
डिजिटल संस्करण
अब होर्डिङ बोर्ड हटाउँदै बालेन

तस्बिर : नयाँ पत्रिका अर्काइभ

काठमाडौं महानगर सुधारको अभियानमा केन्द्रित रहेका महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले अब अनधिकृत रूपमा राखिएका होर्डिङ बोर्डहरू हटाउने भएका छन् । यो अभियान आजबाटै सुरु हुँदै छ । 

काठमाडौं महानगरपालिकाका अनुसार मापदण्डविपरीत राखिएका होर्डिङ बोर्ड हटाउन लागिएको हो । यो अभियानको थालनी त्रिपुरेश्वर क्षेत्रबाट हुन लागेको छ । 

त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा थुप्रै होर्डिङ बोर्ड छन् । ती बोर्डहरू मापदण्डभित्र रहे–नरहेको जाँचबुझपछि मापदण्डबाहिरकालाई हटाउने महानगरको तयारी छ । 

सुझावित समाचार