सन् १९३४ – ३ करोड ८० लाख जर्मनले मतदान गरी एडोफ हिटलरलाई राष्ट्रपति पाउल भोन हिन्डेनवर्गको आधिकारिक उत्तराधिकारी बनाए ।
- सन् १९४६ – अमेरिकाका ४२औँ (१९९३–२००१) राष्ट्रपति बिल क्लिन्टनको जन्म ।
- सन् १९५३ – अमेरिकी तथा बेलायत जासुसी संस्थाहरू क्रमशः सिआइए र एमआई–सिक्सको समर्थनमा इरानको सेनाद्वारा देशका निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसादेक अपदस्थ ।
- सन् १९९४ – दुईपटकका नोबेल पुरस्कार विजेता (१९५४ मा रसायनशास्त्र र सन् १९६२ मा शान्तिमा) अमेरिकी वैज्ञानिक लिन पाउलिनको ९३ वर्षको उमेरमा मृत्यु ।
- सन् २०१० – इराकमा आमनरसंहारकारी हतियार रहेको भन्दै इराक आक्रमणका लागि सञ्चालित ‘अपरेसन इराकी फ्रिडम’ सैन्य अभियानअन्तर्गतको अन्तिम कम्ब्याक्ट ब्रिगेडले इराक छाड्यो ।
- सन् १९४२ – द्वितीय विश्वयुद्धमा फ्रान्सको डाइपेमा जर्मन सेनाको आकस्मिक हमलामा चार हजारभन्दा बढी क्यानेडेली एवं बेलायती सैनिकको हताहती ।
- १९८८ – इरान र इराकबीचको आठवर्षे युद्धमा विराम ।