प्रदीप गिरिलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

मंगलबार, ३१ साउन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् । आज मेडिसिटी अस्पताल पुगेर कांग्रेस सभापतिसमेत रहेका देउवाले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले नेता गिरिको स्वास्थ्यलाभको कामना गरेका छन् । 
लामो समय भारतको दिल्लीमा रहेर घाँटीको क्यान्सरको उपचार गरेपछि स्वदेश फर्किएका गिरि नेपाल आएलगत्तै बिरामी परेका थिए । निमोनिया देखिएपछि उनको मेटिसिटी अस्पतालमा उपचार भइरहेको छ । 
 

सुझावित समाचार