नर्भिक हस्पिटलको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेशपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह अदालतप्रति रुष्ट देखिएका छन् ।
सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश सार्वजनिक भएको केही समयपछि शाहले सामाजिक सञ्जालमा स्टाटस खेल्दै असन्तुष्टि पोखेका छन् । उनले नक्सा पास नगरी बनाइएका संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकारसमेत सर्वोच्चलाई दिन अनुरोध गरेका छन् ।
उनले लेखेका छन्, ‘नक्सा पास नगरी बनाएको संरचनाहरूलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौँ ।’
गैरकानुनी रूपमा निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले सोमबार २४ घण्टे अल्टिमेटम दिएपछि कार्यान्वयन रोक्न नर्भिक इन्टरनेसनल हस्पिटल मंगलबार सर्वोच्च अदालत पुगेको थियो ।
अदालतले बुधबार नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन काठमाडौं महानगरले दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त आदेश जारी गरेको हो । आदेश सार्वजनिक भएपछि महानगर प्रमुख शाहले आक्रोशित हुँदै स्टाटस लेखेका हुन् ।
सर्वोच्चको आदेशप्रति बालेनकाे आक्रोश - कारबाही र नक्सा पासको अधिकार सर्वोच्चलाई दिइयाेस्
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
नक्सा पास गराउन एक लाख घुस, मलंगवाका इन्जिनियर र सुपरभाइजर पक्राउ
काठमाडौं/ भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउन एक लाख घुस लिने सर्लाहीको मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजरलाई…
महिला उद्यमीलाई तीन लाखसम्म प्रविधि सहयोग, पछाडि परेका समुदाय प्राथमिकतामा
काठमाडौं । सरकारले महिला उद्यमशीलता प्रवर्द्धन, वित्तीय पहुँच विस्तार र प्रविधि हस्तान्तरणलाई व्यवस्थित गर्न नयाँ कार्यविधि लागू गरे…
गगन थापाको नेतृत्वमै कांग्रेस अघि बढ्छ, छुटेका नेता–कार्यकर्ता फर्काउँछौँ : पूर्वमन्त्री शाही
काठमाडौं । पूर्वसंघीय मन्त्री, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांग्रेस पार्टी सभापति गगनकुमार था…
सौर्य सिमेन्टको चुनढुंगा ढुवानी रोकिएपछि टिपर व्यवसायीद्वारा टायर बालेर प्रदर्शन
उदयपुर । सौर्य सिमेन्टको खानीबाट चुनढुंगा ढुवानी रोकिएपछि ट्रिपर व्यवसायीहरूले सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका&ndas…
कर्णाली राजमार्ग अवरुद्ध
सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका– १ मा पर्ने गगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवर…
सिँचाइ कार्यालय थप सेवासहित मर्ज, दुई ठाउँबाट थप सेवा प्रवाह
लहान । सिराहाको लहान नगरपालिका– १० स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्थनान्तरण नभई ऊर्जा र खानेपान…