गैरकानुनी रूपमा निर्माण गरिएका संरचना हटाउन काठमाडौं महानगरपालिकाले दिएको अल्टिमेटम कार्यान्वयन रोक्न नर्भिक इन्टरनेसनल हस्पिटल सर्वोच्च अदालत पुगेको छ ।
अदालतले बुधबार नर्भिक इन्टरनेसनल हस्पिटल एन्ड मेडिकल कलेज लिमिटेडले सार्वजनिक जग्गामा बनाएको संरचना २४ घण्टाभित्र हटाउन काठमाडौं महानगरले दिएको निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले उक्त आदेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आगामी सोमबारसम्म हटाउने निर्देशन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश भएको हो ।
आगामी सोमबार अर्थात् ३० साउनमा संरचना हटाउने वा नहटाउने विषयमा सुनुवाइ हुनेछ । अदालतले उक्त संरचना हटाउनुपर्नाको कारणसहित लिखित जवाफ पेस गर्नसमेत महानगरलाई आदेश दिएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालले ओगटेको संरचना हटाउन सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह आफैँ पुगेर सूचना टाँस गर्न लगाएका थिए । महानगरको उक्त निर्देशनविरुद्ध नर्भिक अस्पतालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो ।
यद्यपि, हिजै अस्पताल पुगेर महानगर प्रमुख शाहले संरचना हटाउन केही दिन समय दिने सहमति गरेका छन् । दुवै पक्षका प्राविधिकहरूले समय तय गर्ने सहमति भएको छ ।
महानगरको कदम रोक्न सर्वोच्च पुग्यो नर्भिक
सुझावित समाचार
एआइजी दाहालमाथि जाँचबुझ सकियो, के होला कारबाही ?
काठमाडौं । सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहालमाथिको जाँचबुझ पूरा भएको छ । जाँचबुझ समितिले बिहीबार गृहमन्त्री सुधन गुरुङलाई…
बिहीबार १० बजेसम्मका १० समाचार
बुढानीलकण्ठबाट २० केजीभन्दा धेरै सुन बरामद प्रहरीले २० केजीभन्दा धेरै सुनसहित चिनियाँलाई पक्राउ गरेको छ। काठमाडौं उ…
बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा नेपाली सेनालाई स्वर्ण पदक
काठमाडौं/ नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियान पट्रोल २०२६’ मा स्वर्ण पदक …
६ जिल्लाका २० पालिकालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं/ सरकारले १० र ११ असोजको बाढीपहिरोबाट प्रभावित ६ जिल्लाका विभिन्न गाउँँलाई विपत् संकटग्रस्त घोषणा गरेको छ ।…
एन्फा अध्यक्ष र महासचिवसहित चारजनाविरुद्ध खेलमा मिलेमतो र ठगीसम्बन्धी मुद्दा दायर
काठमाडौं/ अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष पंकजबिक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत संज…
निलम्बित एआइजी दाहालमाथि जाँचबुझ समितिले थाल्यो छानबिन
काठमाडौं/ सुरक्षासम्बन्धी गम्भीर सूचना चुहावट गरेको अभियोगमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक व…