मन्त्री वा नेतालाई मन पर्दैमा कुनै योजनालाई गौरवको आयोजनामा राख्नुहुँदैन : अध्यक्ष तिमिल्सिना

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण
मन्त्री वा नेतालाई मन पर्दैमा कुनै योजनालाई गौरवको आयोजनामा राख्नुहुँदैन : अध्यक्ष तिमिल्सिना

फाइल फाेटाे

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएकै समयमा सक्नुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै नसकिँदा लाभ लिनबाट वञ्चित हुनुपरेको बताए।

आयोजना ढिलो हुँदा लागत बढ्दै गएको उल्लेख गर्दै उनले ठूला आयोजनाको लागत बढ्दा धान्न मुस्किल हुने भएकाले कामहरू समयमै सक्नुपर्नेमा जोड दिए। ‘कुनै कुनै आयोजना जति छिटो सक्छौँ त्यति राज्यले प्रतिफल पाउँछ । कुनै पनि आयोजना ढिला हुँदा लागत बढिहाल्छ । त्यसको लाभ हामीले जे लिने हो त्यो ढिलो गरेर लिन्छौँ,’ उनले भने।

सरकारले योजना गर्दा व्यावहारिक गर्न नसकेको भन्दै अध्यक्ष तिमिल्सिनाले त्यसलाई नै सच्याएर अघि बढ्न आवश्यक रहेको औँल्याए। प्रधानमन्त्री, मन्त्री वा र सरकारको पहुँचमा रहेका नेताहरूलाई मन परेको योजनालाई राष्ट्रिय गौरवका आयोजना बनाउन नहुनेमा समेत उनले जोड दिएका छन्।

उनले भने, ‘पहिलो कुरा त राष्ट्रिय गौरवका आयोजना भनेर भनिरहँदा राष्ट्रिय गौरवका आयोजनाको निश्चित परिभाषा र निश्चित अर्थ, महत्व हुनुपर्छ। प्रधानमन्त्रीलाई कहिले मन लाग्यो– यो राष्ट्रिय आयोजनामा राखौँ, अर्थमन्त्रीलाई मन लाग्यो– यो राष्ट्रिय आयोजनामा राखौँ, अरू मन्त्री, सरकारमा पहुँच हुने नेताले भनेर राख्ने भन्ने हुनुहुँदैन।’ 
 

सुझावित समाचार