केन्यासँग खेलिने टी–२० र एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । वैकल्पिक ४ सहित क्यानले २० खेलाडी रहेको टिम घोषणा गरेको हो ।
नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक चयन गरेको भोलिपल्ट क्यानले केन्या भ्रमण गर्ने टिमको टुंगो लगाएको हो । नेपालले केन्यामा ९ देखि १३ भदौसम्म टी–२० अन्तर्राष्ट्रिय तथा १७, १८ र २० भदौमा एकदिवसीय शृंखला खेल्नेछ ।
टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लको पुरागमन भएको छ । युएईसँगको शृंखलापछि ज्ञानेन्द्र टिममा परेका थिएनन् ।
विकेटकिपर अर्जुन साउदले पहिलोपटक राष्ट्रिय टिममा मौका पाएका छन् । नेपाली यू–१९ राष्ट्रिय टिमका विकेटकिपर साउदले ब्याटिङमा पनि योगदान गर्न सक्छन् । उनी विनोद भण्डारीको स्थानमा परेका हुन् ।
यू–१९ उमेर समूहमा एसियाकप खेलेका शाह आलम र विवेक यादवले पनि टिममा मौका पाएका छन् । टिममा नियमित ओपनिङ ब्याटर कुशल भुर्तेल परेका छैनन् ।
टोलीमा कप्तान सन्दीप लामिछाने, उपकप्तान रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, आदिल आलम, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, बसिर अहमद, अर्जुन साउद, साहब आलम, किशोर महतो र विवेक यादव छन् ।
यस्तै, वैकल्पिक खेलाडीमा प्रतिश जिसी, हरिशंकर साह, जितेन्द्र मुखिया र भीम सार्की छन् ।
सन्दीपको कप्तानीमा राष्ट्रिय टिम घोषणा, ज्ञानेन्द्र भित्रिए, कुशल बाहिरिए
नेपाललाई दुई स्वर्णसहित ६ पदक
४ हप्ता अघि
२०औँ एसियाडमा वरीयताको मारमा एसोसिएट राष्ट्रहरू
३ हप्ता अघि
सुझावित समाचार
मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग– ३ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य द…
एनपिएलमा विराटनगरले जित्यो टस, चितवनले पहिले ब्याटिङ गर्ने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मंगलबार भइरहेको खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको…
फेरि चलेन सुदूरपश्चिमको ब्याटिङ
सुदूरपश्चिम गत वर्ष फाइनलमा गरेको ब्याटिङ बिर्सन चाहन्थ्यो । फितलो ब्याटिङकै कारण सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पुगेर पनि…
सुदूरपश्चिममाथि लुम्बिनीको सानदार जित
सुदूरपश्चिमले दिएको ८८ रनको सहज लक्ष्य साबिक विजेता लुम्बिनीले ९.५ ओभरमै भेट्टायो
कीर्तिपुरमा क्रिकेट उत्सव(फोटोफिचर)
काठमाडौं/ नेपाल प्रिमियर लिग(एनपिएल)को तेस्रो सिजन सुरु भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गरेको लिगको सोमबारको खेल…
फुटबल प्रतियोगिताका विजेता र उपविजेतालाई अलैँची पुरस्कार
ताप्लेजुङ / ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा आयोजना हुने फुटबल प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई नगदको सट्टा अलैँची…