काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फोहोर व्यवस्थापनको आफ्नो प्राथमिकतामा चरणबद्ध रूपमा व्यवधान ल्याउने प्रयास भइरहेको प्रतिक्रिया दिएका छन् ।
बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनमा परिचालन महानगरका डोजर, एक्स्काभेटर र फोहोर बोकेर गएका गाडीहरूमा तोडफोड भएपछि शाहले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक सञ्जालबाट उनले आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, ‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशील छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । वर्षाैँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्ध रूपमा नयाँ–नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।’
उनले सोमबार राति भएको तोडफोडलाई चलखेलको संज्ञा दिएका छन् । ‘यसै क्रममा हिजो राति फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरूको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रूपमा हामीले यसलाई लिएका छौँ ।’
उनले फोहोर बोक्ने साधनहरूको तोडफोड कानुनी रूपमा पनि जघन्य अपराध भएको भन्दै कानुनबमोजिम अपराधीहरूलाई कडाभन्दा कडा कारबाही गराउन महानगर स्पष्ट रहेको बताएका छन् ।
तोडफोड गर्नेहरूबाट नै यसको भरपाई तथा क्षतिपूर्ति गराउने उनको भनाइ छ । ‘केही व्यक्ति वा समूहको स्वार्थपूर्तिका लागि लाखौँ नागरिक तथा २१ वटा पालिकाहरूको फोहोरलाई अव्यवस्थित र असरल्ल पार्न सकिँदैन,’ उनले भनेका छन्, ‘विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने प्रयास कसैले पनि नगरौँ ।’
जसले फाेड्याे, उसैलाई तिराउँछु - बालेन
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
मधेशको शिक्षा सुधारको बहसः उपकुलपतिदेखि शिक्षा सचिवसम्म कसले के-के भने ?
सिमरा (बारा) / मधेश प्रदेशको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि नीतिगत परिवर्तनसँगै आधारभूत शिक्षाको जग बलियो बनाउनुपर्नेमा …
२४४ किलो गाँजासहित १९ वर्षीय युवक पक्राउ
भोजपुर / भोजपुरमा प्रहरीले २४४.७७० किलोग्राम गाँजासहित एक १९ वर्षीय युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरका …
पदाधिकारीमा आकांक्षी धेरै भएपछि बागमतीका पूर्वमुख्यमन्त्री बानियाँले घोषणा गरे केन्द्रीय सदस्यमा उम्मेदवारी
मकवानपुर / नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पार्टीको १५औँ महाधिवेशनमा खु…
प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ २६ देखि २८ असोजसम्म
काठमाडौं / प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ आगामी २६ देखि २८ असोजसम्म हुने भएको छ। संसदीय सुनुवाइ समितिको आज बसेको…
सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता
काठमाडौँ / सभामुख डोलप्रसाद (डीपी)अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका संघ(आईपीयू) को १५३औँ महासभामा भाग लिइरहेको नेपाली प्रति…
सभापतिकाे उम्मेदवारी दर्ता गर्न ४० हजार, उपसभापति र महामन्त्रीका लागि ३० हजार शुल्क लाग्ने
सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार मनोनयन दस्तुर