सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

शुक्रबार, २० साउन, २०७९
डिजिटल संस्करण

सेती प्रादेशिक अस्पतालअन्तर्गत कोराना अस्थायी अस्पतालमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ घर भएका ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार अल्कोहोलिक हेपाटाइटिसको समस्या देखिएपछि बिहीबार उनी अस्पताल भर्ना हुन आएका थिए। परीक्षण गर्दा उनमा कोरोना संक्रमणसमेत देखिएको श्रेष्ठले बताए।

स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई आइसियूमा राखेर उपचार थालिएको थियो। जिन सिक्वेन्सिङमार्फत कोरोनाको भेरियन्ट पत्ता लगाउन नमुना केन्द्रमा पठाइएको अस्पतालले जनाएको छ।

सुझावित समाचार