कांग्रेस महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भेटवार्ता भएको छ ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै शाहसँगको भेट सार्वजनिक गरेका हुन् । भेटमा काठमाडौंको फोहोर व्यवस्थापन, सार्वजनिक यातायातको व्यवस्थापनलगायका विषयमा छलफल भएको थापाले जनाएका छन् ।
‘हिजो काठमाडौं महानगर प्रमुखज्यूसँग काठमाडौंको फोहोर मैलाको व्यवस्थापन, सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, सहरी स्वास्थ्य सेवालगायतका विषयमा अर्थपूर्ण छलफल भयो,’ महामन्त्री थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ ।’
दुईबीच रातोपुलस्थित थापाको निवासमा भेट भएको हो । महानगरको प्रमुखमा निर्वाचित भएपछि प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूसँग भेटघाट गर्दै आएका शाह कांग्रेस महामन्त्रीलाई भेट्न पुगेका थिए ।
गगन - बालेन भेटवार्ता
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
काठमाडौं/ न्यायपरिषद्ले सर्वोच्च अदालतमा चारजना न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले रिक्त रहेको पदमा नियु…
महामन्त्रीका उम्मेदवार पौडेलका कांग्रेस रूपान्तरणका एजेन्डा : ‘प्राइमरी इलेक्सन’देखि आर्थिक सुधारसम्म
काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले पार्टी र राष्ट्र रूपान्तरणको विस्तृत, वैचारिक …
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश
काठमाडौं/ जिल्ला अदालत काठमाडौंले व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेशप्रसाद …
कांग्रेस १५औँ महाधिवेशन : विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता
काठमाडौं/ नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले वारेसनामा…
गोविन्द भट्टराईद्वारा उपसभापतिमा उम्मेदवारी दर्ता
काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको क्रम जारी छ। यही क्रममा गोविन्द भ…
सञ्चार मन्त्रालयमातहतका निकायसँग कार्यसम्पादन सम्झौता
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबिच आर्थिक वर्ष ०८३/८४ का लागि कार्यसम्पाद…