आर्थिक वर्ष ०७८/७९ मा गुल्मीमा संघ र प्रदेशको ८० करोडभन्दा बढी बजेट फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीका अनुसार संघीय बजेटअन्तर्गत चालूतर्फ १२ करोड २९ लाख १३ हजार सात सय पाँच र पुँजीगततर्फ १३ करोड ३३ लाख ५९ हजार सात सय ५७ रुपैयाँ फ्रिज भएको हो ।
संघीय बजेट चालूतर्फ सात अर्ब ३३ करोड ९३ लाख दुई हजार पाँच सय २० विनियोजित भएको थियो । जसमध्ये सात अर्ब २० करोड ५९ लाख ४२ हजार सात सय ६३ खर्च भएको प्रमुख कोष नियन्त्रक छविन्द्र बेलबासेले जानकारी दिए । संघीय बजेटअन्तर्गत पुँजीगततर्फ एक अर्ब सात करोड ३५ लाख २६ हजार दुई सय ९० रुपैयाँ विनियोजन भएकोमा ९५ करोड ६१ लाख दुई हजार पाँच सय ८४ रुपैयाँ खर्च भएको छ । चालू बजेटको ९८.१८ र पुँजीगतको ८८.५५ प्रतिशत खर्च भएको छ ।
संघको भन्दा प्रदेशको २९ करोड बढी बजेट फ्रिज
संघको भन्दा प्रदेश कार्यालयको २९ करोड बढी बजेट फ्रिज भएको छ । संघका विभिन्न कार्यालयले २५ करोड ६३ लाख ७३ हजार चार सय ६२ र प्रदेशका कार्यालयहरूले ५४ करोड ७० लाख २९ हजार सात सय ४२ हजार काम गर्न नसकेर बजेट फ्रिज गरेका छन् । प्रदेश सरकारबाट बिनियोजित चालूतर्फ १५ करोड २१ लाख ४४ हजार चार सय ७५ रुपैयाँ र पुँजीगततर्फ ३९ करोड ४८ लाख ८५ हजार दुई सय ६७ रुपैयाँ काम हुन नसकी फ्रिज भएको छ ।
गुल्मीमा प्रदेशअन्तर्गत चालू (साधारण)तर्फ ९२ करोड ७१ लाख २२ हजार बजेट विनियोजन भएको थियो । जसमा ७७ करोड ४९ लाख ७७ हजार पाँच सय २५ रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ कुल एक अर्ब ६८ करोड २८ लाख ९८ हजार विनियोजित बजेटमध्ये एक अर्ब २८ करोड ८० लाख १२ हजार सात सय ३२ रुपैयाँ खर्च भएको छ । प्रदेश बजेटमा चालूतर्फ ८३.५० र पुँजीगततर्फ ७६.५३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीले जनाएको छ ।
ठूला कार्यालयको पुँजीगत खर्चमा प्रगति
जिल्लामा संघीय कार्यालयअन्तर्गत मदन भण्डारी राजमार्ग योजना कार्यालयले ८६.३७ प्रतिशत पुँजीगत खर्च गरेको छ । ५७ करोड ९० लाख ३० हजारमध्ये ५० करोड एक लाख २१ हजार पाँच सय ४५ रुपैयाँ खर्च गरेको छ । त्यस्तै, प्रदेश कार्यालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीले ९२.३१ प्रतिशत पुँजीगत खर्च गरेको छ । कार्यालयले २२ करोड ५७ लाख बजेटमा २० करोड ८३ लाख ५२ हजार आठ सय ४६ खर्च गरेको हो ।
त्यस्तै, सडक पूर्वाधार कार्यालय गुल्मीले एक अर्ब ३८ करोड १० लाख पाँच हजार कुल बजेटमध्ये ७५ करोड ९१ लाख ७२ हजार नौ सय ६ रुपैयाँ अर्थात् ७३.१३ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ । डिभिजन वन कार्यालय गुल्मीले ८८.९० र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीले ७३.१५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुख कोष नियन्त्रक छविन्द्र बेलबासेले जानकारी दिए ।
गुल्मीमा संघीय र प्रदेशको ८० करोड बजेट फ्रिज
चीनतर्फका तीनवटै नाका बन्द
४ हप्ता अघि
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
३ हप्ता अघि
१ मंसिरबाट मासु जाँच ऐन लागू गरिने
४ हप्ता अघि
सुझावित समाचार
स्ट्यान्डर्ड चार्टर्डको १६ प्रतिशत लाभांश घोषणा
काठमाडौं/ स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल लिमिटेडले १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । ९ कात्तिकमा बसेको बैं…
एनपिएललक्षित टेलिकमको अनलिमिटेड प्याकेज
काठमाडौं/ नेपाल टेलिकमले नेपाल प्रिमियर लिग तेस्रो संस्करण (एनपिएल)लाई लक्षित गरी एनपिएल अनलिमिटेड प्याकेज सञ्चालनमा ल्याएको छ…
माइडियाको कुकिङ रेन्जमा क्यासब्याक सुविधा
काठमाडौं/ घरायसी उपकरण उत्पादक ब्रान्ड माइडियाले आफ्नो फ्री–स्ट्यान्डिङ कुकिङ रेन्जमा क्यासब्याक योजना सार्वजनिक गरेको छ । कम्…
१२ कात्तिकदेखि पुष्प प्रदर्शनी
काठमाडौं/ ललितपुरको जावलाखेल मैदानमा १९औँ गोदावरी फूलको प्रदर्शनी हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा …
तातोपानी र रसुवागढी नाका बन्द, कोरलाबाट ढुवानी गर्न समस्या
सिन्धुपाल्चोक/तातोपानी र रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट कन्टेनर ढुवानी गर्न कठिन भएको छ । लोमान्थाङको नेचुङम…
मासिक ६० हजार टन ग्यास दिन भारतलाई पत्राचार
मासिक ६० हजार मेट्रिकटनका दरले एलपी ग्यास उपलब्ध गराउन नेपाल आयल निगमले भारतलाई पत्राचार गरेको छ । आयल निगमको ग्यास विभाग प्र…