सहरी विकासमन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् ।
धरान उपहानगरमा शनिबार आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले मेयर साम्पाङको तारिफ गर्दै भने, ‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ, त्यसको कारण म उहाँको इमानदारी र प्रतिबद्धता पाउँछु । मान्छेहरू राम्रो गर्छुभन्दा उडाउँछन् । हाँसोको विषय बनाउँछन् । तर, मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि । मेयरसापले जुन अठोट लिनुभएको छ, त्यो अवश्य पूरा हुनेछ ।’
अधिकांश समय मेयर साम्पाङको तारिफमा खर्चिएका मन्त्री चौधरीले उनबाट नेपाली समाजले मात्र नभई अन्य समाजले पनि सिक्नुपर्ने चर्चा गरे । ‘मेयरसापले सुरु गर्नुभएका सबै योजनामा मेरो पूरै सहयोग रहनेछ । खानेपानीको विषयमा कुरा गर्न मन्त्रालयमा आउन म उहाँलाई निम्तो गर्छु ।’
मन्त्रीको कुरा सुनेपछि हाँस्दै मेयर साम्पाङले प्रश्न गरे, ‘म कहिले आउँ त मन्त्रीज्यू ? जवाफमा मन्त्री चौधरीले छिट्टै आउन आग्रह गरे । उनले धरानमा रहेको खानेपानी र बसपार्कको समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
मेयर हर्क साम्पाङले भने– म कहिले आउँ त मन्त्रीज्यू ?
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
चोलेन्द्रनिकट इनाम सापकोटाविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा म्याद थप
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट भएर शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका झापाका इनाम…
ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः मन्त्री तिमिल्सिना
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले डिजिटल रुपान्तरणलाई प्राथमिकतामा राख्दै ग्रामीण, दुर्गम तथा हिम…
बुधबार १० बजेसम्मका प्रमुख १० खबर
सभापतिको उम्मेदवारी फिर्ता गर्ने राठाेरको घोषणा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह …
भूमि, वन र विपतसम्बन्धी ऐन संशोधन गर्ने तीन अध्यादेश जारी गर्न सिफारिस
काठमाडाैं/ सरकारले विभिन्न तीनवटा ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ। बुधबारको मन्त्रिपरिषद् बैठकल…
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
काठमाडौं/ बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कर्मचारी बढुवा, अध्यादेश सिफारिसलगायत विभिन्न निर्णयहरू गरेको छ। बैठकपछि सर…
कांग्रेसमा गुट समाप्त भएको सभापति थापाको दाबी
काठमाडौं/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको गुट र समूह समाप्त भएको घोषणा गरेका छन्। १५औँ महाधिवेशनअन्त…