बझाङमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

पक्राउ पर्नेमा अधिकांश सरकारी सेवाबाट अवकाश पाएका कर्मचारी

बझाङमा ९१ हजार नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले जयपृथ्वी नगरपालिका- ९ सिमखेतबाट ९१ हजार पाँच सय ७५ रुपैयाँसहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका– ९ देवलका दीपक खड्का, इन्द्रबहादुर खड्का, नवराज धामी, दीर्घ कठायत, वडा नम्बर ८ बस्ने नन्दबहादुर बोहरा, स्थानीय शिक्षक मकरबहादुर सिंह, छबिसपाथिभेरा गाउँपालिका– २ का वीरेन्द्र कठायत, दर्शन रोकाया, गगनबहादुर कठायत, अनिल मण्डेल र विष्णु मण्डेल रहेको प्रहरी जनाएको छ । 

पक्राउ परेकामध्ये अधिकांश सरकारी सेवाबाट अवकाश पाएका कर्मचारी रहेका छन् भने केही व्यापारी र स्थानीय किसान रहेको जिल्ला प्रहरी कार्यालय बझाङका  डिएसपी ज्ञान बहादुर विष्टले बताए । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सुझावित समाचार