मेयर बालेनविरुद्ध बानेश्वरमा नाराबाजी

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण
मेयर बालेनविरुद्ध बानेश्वरमा नाराबाजी

काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाह । तस्बिर : फाइल

काठमाडौंका सडक–पेटीछेउ बसेर व्यापार गर्दै आएका साना व्यवसायी हटाउने अभियानमा रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध नयाँ बानेश्वरमा नाराबाजी भएको छ । 
बुधबार साँझ महानगरका प्रहरीले सडक छेउबाट व्यवसायी हटाउन थालेपछि बालेनविरुद्ध नाराबाजी भएको हो । साना व्यवसायीहरूले केहीबेर प्रदर्शनसमेत गरेका छन् । अर्को व्यवस्था नगरी आफूहरूको प्रत्यक्ष दैनिक जीविका बन्द गराउन खोजेको भन्दै बालेनविरुद्ध साना व्यवसायीले आक्रोश पोखे । 
महानगर प्रमुख शाहले केही दिनअघि नयाँ बानेश्वर चोकमा आफैँ उपस्थित भएर साना व्यवसायीहरूलाई सटरमा राखी व्यापार गर्न आग्रह गरेका थिए । शाह पछिल्लो समय राजधानीका सडक पेटीबाट हुने व्यापार बन्द गराई सडक खुला गराउने अभियानमा छन् । तर, उपयुक्त विकल्पअघि नसारी महानगरीय आर्थिक अवस्था कमजोर रहेकाहरूको जीविका खोस्न नहुने भन्दै आलोचना भएको छ । 

सुझावित समाचार