पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । बुधबार उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनी झन्डै आधा अर्बको मालिक देखिएका छन् ।
आफ्नो र श्रीमतीको नाममा गरी ४३ करोड ६१ लाख ४५ हजार ६१६ रुपैयाँबराबर चलअचल सम्पत्ति रहेको उनले जनाएका छन् । महानगरको आधिकारिक वेबपेजमार्फत मेयर आर्चायले आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
कुल सम्पत्तिमध्ये दुई करोड ८५ लाख विभिन्न बैंक तथा वित्तीय संस्थासँगै आफन्तबाट ऋण लिएको विवरणमा उल्लेख गरेका छन् ।
सबै सम्पत्ति आफैँले आर्जन गरेको आचार्यको भनाइ छ । उनले विवरणमा आमा–बुबाको नाममा रहेको पुर्ख्याैली सम्पत्ति समावेश गरेका छैनन् ।
विवरणअनुसार मेयर आचार्यसँग पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कुल कलेज सञ्चालन, रासायनिक मल उद्योग, हाइड्रोपावर, कृषि, पर्यटन, बैंकिङ, हस्पिटालिटीजस्ता दुई दर्जन व्यावसायिक प्रतिष्ठानमा लगानी छ ।
पोखरा र काठमाडौंमा चार घर
आचार्यको पोखरा र काठमाडौंमा चारवटा घर छन् । पोखरा महानगरपालिका–९ मा श्रीमती पुष्पाकुमारी आचार्यको नाममा २८९ वर्गमिटर जग्गामा बनेका दुईवटा घर छन् । त्यसको बजार मूल्य नौ करोड २५ लाख रहेको आचार्यले उल्लेख गरेका छन् । पोखरा– ११ मा तीन करोड ५० लाख रुपैयाँ पर्ने अर्को घर छ । श्रीमतीकै नाममा काठमाडौं महानगरपालिका–४ स्थित सीतापाइलामा ९२५ वर्गफिटमा बनेको एक करोड ८५ लाख रुपैयाँ पर्ने घर छ । मेयर आर्चायको नाममा दोलखामा ८७ लाख रुपैयाँ पर्ने ५८ रोपनी सात आना जग्गा छ ।
चार गाडी, तीन स्कुटर
विवरणमा मेयर आर्चायले टोयोटा कार, रेनल्ट क्विड कार, ओम्नी भ्यान, सुजुकी स्विफ्ट कार गरी चारवटा गाडी र तीनवटा स्कुटर रहेको उल्लेख गरेका छन् । गाडी र स्कुटरको बजार मूल्य दुई करोड रहेको विवरणमा उल्लेख छ ।
विभिन्न बैंकमा १५ लाख नगद, विभिन्न कम्पनीहरूमा २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रुपैयाँबराबरको सेयर लगानी रहेको आचार्यले जनाएका छन् । यस्तै, उनीसँग पाँच तोला हीरा, ५४ तोला सुन र ३८ तोला चाँदी छ ।
पोखराका मेयर झन्डै आधा अर्बका मालिक
सुझावित समाचार
कीर्तिपुरबाट ११ लाखको काजु बरामद
काठमाडौं । विनाबिलबिजक ओसारपसार भइरहेको ११ लाख ५९ हजार दुई सय रुपैयाँबराबरको काजु काठमाडौंको कीर्तिपुरबाट बरामद भएक…
मंगलबार १० बजेसम्मका प्रमुख १० खबर
साबिक विजेता लुम्बिनी एनपिएलको फाइनलमा साबिकको विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको तेस्रो सिजनको फाइनलमा पुगेको छ। …
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले…
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी
काठमाडौं/ सशस्त्र प्रहरी बलको पोसाक दुरुपयोग गर्नेमाथि अनुसन्धान सुरु भएको छ । सशस्त्र प्रहरी बलको उजुरीका आधारमा साइबर ब्युरोले…
ट्रेड युनियन खारेजीसम्बन्धी मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने
काठमाडौं/ निजामती कर्मचारी प्रशासनको ट्रेड युनियन खारेजविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने …
सर्वाेच्चमा चार न्यायाधीश थपिए, एक अझै रिक्त
काठमाडौं । सर्वोच्च अदालतमा चार न्यायाधीश थपिएका छन् । संसदीय सुनुवाइ समितिको शनिबार बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा…