प्रहरीले बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उदयपुर त्रियुगा चुहाडेका ६० वर्षीय केदार गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार ललितपुरको सानेपाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसुरमा २० लाख रुपैयाँ जरिवानासहित सात दिन कैद सजाय सुनाएको थियो ।