बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा युवक पक्राउ

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण

रामेछापमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका– ६ भलुवाजोरका २८ वर्षीय गोविन्द माझी रहेका छन् । 

गएको असार ५ गते बालिकालाई बिहे गर्छु भन्दै ललाइफकाई मन्थली नगरपालिका– १ बसपार्कस्थित एक गेस्टहाउसमा लगी जबर्जस्ती करणी गरेको आरोप छ । 

घटनापछि घर पुगेकी बालिकाले अभिभावकलाई घटनाबारे बताएसँगै पीडित परिवारले माझीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । आफूविरुद्ध प्रहरीमा जाहेरी परेको थाहा पाएपछि माझी फरार रहेका थिए । 

प्रहरीले मंगलबार छिमेकी जिल्ला सिन्धुलीको ग्वालटारबाट पक्राउ गरेको हो । उनलाई रामेछाप जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको  जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजु ढकालले जानकारी दिए । 

सुझावित समाचार