नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल आज हुँदै

बुधबार, २२ असार, २०७९
डिजिटल संस्करण

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दै छ । दोस्रो एकदिवसीय खेलअन्तर्गत नेपालले क्यानडाको सामना गर्न लागेको हो ।

किङ सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको थियो ।

विश्वकप लिग– २ अन्तर्गत स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले क्यानडामा अभ्यास गरिरहेको छ । 
 

सुझावित समाचार