बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ६२ वर्षीय घिमिरे पक्राउ

बुधबार, १५ असार, २०७९
डिजिटल संस्करण

सुस्त मनस्थिति भएकी १३ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा रामेछाप नगरपालिका– ४ हिमगंगाका ६२ वर्षीय श्यामप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ। घिमिरेले असार १ गते बालिकालाई प्रलोभनमा पारी आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितका परिवारले प्रहरीलाई बताएका छन्।

बालिकालाई जबर्जस्ती करणी गरेपछि घिमिरेले कसैलाई नभन्नु भन्दै धम्की र त्रास देखाएको पीडित बालिकाले बताएकी छिन्। बालिकाका परिवारका सदस्यले घिमिरेविरुद्ध प्रहरीमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

घटनापछि फरार रहेका घिमिरेलाई रामेछाप नगरपालिका– ४ हिमगंगाबाट प्रहरीको टोलीले पक्राउ गरी  जिल्ला सदरमुकाम मन्थली ल्याएको छ। प्रहरीले रामेछाप जिल्ला अदालतबाट बालयौन दुराचार मुद्दामा एक साता म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए। 

सुझावित समाचार