छोरीले एक्लै हिँड्नुहुँदैन, नचिनेको मान्छेसँग बोल्नुहुँदैन, निहुरिएर हिँड्नुपर्छ, सामाजिक मूल्य–मान्यतामा अडिग रहनुपर्छ भनेर अझै पनि घोकाइन्छ । यो सायद छोरीमान्छेलाई कमजोर देख्ने सोचको उपज हो ।
छोरीलाई पढाउनुपर्छ भन्ने सोच कतिपयमा अलि अगाडिबाटै विकास भएको भए पनि कतिपयमा अझै छोरीको पढाइमा खर्च गरेर फाइदा छैन भन्ने मानसिकता कायमै छ । छोरीलाई पढाइमा खर्च गरेमा उनीहरू छोराभन्दा कम हुन्नन् भन्ने मान्यता स्थापित गर्ने गतिलो उदाहरण हुन्, डा। रेणुका थापा ‘सोलु’ ।
२०२८ सालमा हिमाली जिल्ला सोलुखुम्बुको सोताङमा जन्मिएकी रेणुका थापाले डाक्टरको उपाधि पाउन कम्ती संघर्ष गर्नुपरेन । सहनै नसकिने खालका आरोप खेप्नुप(यो । आजका दिनमा रेणुका सोलुखुम्बु जिल्लाबाट पिएचडी गर्ने पहिलो महिला मात्रै होइनन्, एउटा कुशल प्रशासक र साहित्यकार पनि हुन् । उनले यहाँसम्म आइपुग्दा भोगेका तिता–मीठा अनुभव नयाँ पत्रिकासँग सुनाइन् ।
एसएसली सेन्टरमा बुबाको सुरक्षा
बुबा राजनीति गर्ने हुँदा मलाई पढ्न कुनै बाधा भएन । पाँच कक्षासम्म गाउँकै विद्यालयमा पढेँ । जुन विद्यालय बुबाले नै स्थापना गर्नुभएको थियो । १० कक्षासम्म पढ्न शिवटार मावि जानुप(यो । जब टेस्ट परीक्षा पास गरेँ । अनि केटा साथीहरू सदरमुकाम सल्लेरीमा कोठा लिएर ट्युसन पढ्न थाले । हामी छोरीजतिले घरमै काम गर्दै परीक्षाको तयारी ग(यौँ । एसएलसी दिने समय आयो । सेन्टर नेले भन्ने ठाउँमा थियो । सामल भरियालाई बोकाएर बुबा र म परीक्षा केन्द्र पुग्यौँ । परीक्षा दिन जाँदा बुबाले मलाई पूरै सुरक्षा दिनुभएको थियो । पुलिस देखेपछि छोरी सुरक्षित हुन्छे भनेर होला, उहाँ पनि निस्फिक्री देखिनुहुन्थ्यो । परीक्षा नसकियून्जेल बुबा कुरेर बस्नुहुन्थ्यो । सुरक्षा दिएर डेरासम्म पु(याउनुहुन्थ्यो । नतिजा आउँदा म गणित विषयमा फेल भएँ । फेरि दिएँ, फेरि फेल भएँ । भागेर झापास्थित दिदीको घरमा गएर ट्युसन पढेपछि तेस्रोपटक गणितमा ५६ नम्बर ल्याएर एसएलसी पास गरेँ ।
कक्षा १० मै केटा माग्न आए
म कक्षा १० मा पढ्दै थिएँ । घरमा आफन्तले विवाहको लागि केटा लिएर आउन थाले । मेरो सोच पढ्ने थियो । बुबालाई विवाह गर्दिनँ भनेकी थिएँ । मेरो रहरका अगाडि बुबाले आफन्तको कुरालाई टारिदिनुभयो । ‘समयमै विवाह नगरेर अध्यक्षले छोरी बिगा(यो’जस्ता आरोप सहनुभयो ।
एसएलसीपछि एक्लै काठमाडौं
भागेर झापा गएँ । एसएलसी पास गरेँ । त्यो देखेर बुबालाई मप्रति विश्वास बढेछ । छोरी बिग्रिन्न भन्ने परेछ । त्यसपछि आइए पढ्न काठमाडौं जाने मेरो प्रस्ताव बुबाले स्विकार्नुभयो । धोबिधारामा ४ सय रुपैयाँमा कोठा भाडामा लिएँ । फुपुको छोरीको सहयोगमा काठमाडौंको बागबजार स्थित पद्मकन्या क्याम्पसमा आइए भर्ना भएँ । त्यहाँ स्ववियु सभापति कमला पन्त दिदी भेट भयो । दिदीले सोलुखुम्बुबाट आएको भनेपछि असाध्यै माया गर्नुभयो । कमला दिदी मलाई आमाभन्दा फरक लागेन ।
म घर पुग्दा बुबालाई तुलसीको मठमा लडाइएको थियो । अन्तिम सास कतिखेर जाला भनेर आफन्त कुरिरहेका थिए । गालाभरि सिँगानका टाटैटाटा लिएर भाइबहिनी उदास अनुहारमा देखेँ । मैले काठमाडौंबाट पिसाब तान्ने पाइप लगेकी थिएँ । त्यही पाइप लगाएर बुबाको पिसाब मुखले तानेँ । त्यसपछि बुबाले थोरै आँखा हेर्नुभयो ।
डोकोमा स्कुल ड्रेस बोकेर म खेतमा गएँ । खेताला छाडेर म स्कुल हान्निएँ ।कार्यक्रम सुरु भइसकेको रहेछ । कविता वाचन गरेँ, नृत्य देखाएँ, खेल खेलेँ सबैमा पुरस्कृत भएर हातभरि कापी र डट्पेन पुरस्कार बोकेर अबिर दलिएको अनुहार लिएर खेतमै फर्किएँ । आमा खेतमै पुगिसक्नुभएको रहेछ । मलाई देखेर खुसी हुनुको सट्टा उहाँले गाला थप्पड लगाउनुभयो ।
सात सयको जागिर
काठमाडौं छिरेपछि आर्थिक चिन्ता लाग्न थाल्यो । मैले कामको खोजी गरेँ । रिसेफ्सनको काम पनि पाएँ, ट्राभल एजेन्सी अफिसमा । मासिक ७ सय रुपैयाँ तलब दिइयो । सानैदेखि मलाई स्वेटर बुन्ने रहर थियो । ठमेलको गार्मेन्टबाट अर्डरको स्वेटर ल्याएर बुन्न थालेँ । रातभरि स्वेटर बुन्थेँ । आफूलाई पुग्ने पैसा कमाउन थालेँ । त्यतिवेला म जम्मा दुई–तीन घन्टा मात्र सुत्थेँ ।
रेडियो घन्काउने रहर
गाउँतिर लाहुर गएका छोराहरूले रेडियो, क्यासेट ल्याउँथे । गाउँ नै थर्किने गरी बजाउँथे । ‘छोरा मात्रै विदेश जान्छन्, कमाउँछन्, रेडियो, टेपरेकर्ड ल्याउँछन्, बुबा–आमालाई सिरक–डसना पठाउँछन्’ भन्ने भ्रम चिर्नु थियो । मेरा बुबा–आमाले पनि छोरीले पठाएको रेडियो भनेर मख्ख पर्दै बजाउनुहोला भनेर मैले पनि घरमा रेडियो पठाएँ । घर पठाउन केही पैसा पनि जम्मा गर्दै थिएँ, त्यहीवेला बुबा सिकिस्त बिरामी भएको खबर दिदीको अफिसमा आवा आएछ । पुतलीसडकस्थित मेडिकलबाट केही औषधि बोकेर म चार दिन लगाएर घर पुगेँ ।
तुलसीको मठमा बुबा
घर पुग्दा बुबालाई तुलसीको मठमा लडाइएको थियो । अन्तिम सास कतिखेर जाला भनेर आफन्तहरू कुरिरहेका थिए । गालाभरि सिँगानका टाटैटाटा लिएर भाइबहिनी उदास अनुहारमा देखेँ । आमा घरभित्र रोइरहनुभएको सुनेँ । त्यस्तो दृश्यले भक्कानो छुटिसकेको थियो । आफूलाई सम्हाल्दै बुबाको अवस्था हेरेँ । पिसाब रोकिएर त्यस्तो भएको थियो । पिसाब तान्ने पाइप लगेको थिएँ । त्यही पाइप लगाएर बुबाको पिसाब मुखले ताने । बुबाले थोरै आँखा हेर्नुभयो । बुबा बाँच्नुहुन्छ भन्ने आशा पलायो ।
काठमाडौं लगेर बुबाको ज्यान बचाउँछु भनेर भरिया खोजेँ । काठमाडौं लैजाने कुरामा आफन्तले मलाई सहयोग गरेनन् । उल्टै बाबुलाई मार्न लगी भनेर आरोप लगाए । काठमाडौं पु(याएपछि एउटा मेडिकलमा लगेँ । त्यहाँका डा। अर्जुनदेव भट्टले उहाँलाई चेकजाँच गर्नुभयो । सामान्य टेस्ट गर्दैमा ७ हजार सकियो । बुबाको रोग २० को १९ भएन । बुबालाई पत्थरी भएको रहेछ । फेरि कमला पन्त ९पूर्वमन्त्री० दिदीले सहयोग गर्नुभयो । क्याम्पसका साथीसँग पैसा उठाएर उहाँले सहयोग गर्नुभयो । ३ महिना वीर अस्पतालमा उपचार गरेपछि बुबा ठीक हुनुभयो ।
बुबालाई सन्चो भएपछि मैले दक्षिणकाली घुमाउन लगेँ । बाटोमा हरियाली देख्दा बुबाले भन्नुभयो ‘घरमा आमा एक्लै छ, भाइबहिनीको हेरचाह र खेतीपाती कसरी गर्छिन्, जग्गा जमिन बाँझिन्छन्, म घर जान्छु । घरमा मरे–बाँचेको खबर छैन ।’ जब तुलसीको मठमा लडाइसकेको मान्छे बाँचेर घर पुग्नुभयो, त्यो क्षण अर्कै थियो ।
गाउँकै उदाहरण बनेँ
जब म आइए पढ्न काठमाडौं आएँ, त्यतिवेला गाउँभरि मेरो कुरा काटिन्थ्यो । ‘राधा बिग्री’ भनिन्थ्यो ९गाउँमा मलाई राधा भनिन्थ्यो० । त्यति मात्रै होइन, दसैँको टीका लगाउँदा छोरीहरूलाई आशीर्वाद दिँदा ‘राधाजस्ती नभएस्’ भन्थे । अन्तिम सास जान बाँकी बुबालाई बचाएर सकुशल घर फर्काएँ । पढेँ, लेखेँ । त्यसपछि भने सबैले गाउँका छोरीहरूलाई भन्न थाले– ‘राधाजस्तै भएस्’ । गाउँमा म रोलमोडल बनेँ । धेरैले उदाहरण दिँदा मेरै नाम लिन थाले । मेरो आत्मबल झन् उच्च भयो ।
कानुनी विवाह
गाउँकै एकजना थापाजीसँग मेरो विवाहको प्रस्ताव आयो । मैले आइए पनि सकेकी थिएँ । माग्न आउने थापा त्रिविको जागिरे हुनुहुन्थ्यो । त्यत्तिको मान्छेसँग विवाहको प्रस्ताव आएपछि मैले ‘नाइँ’ भन्न सकिनँ । पढ्न पाउनुपर्ने सर्तमा राजी भएँ । विवाहको कुरा स्विकार्दा बुबा यति धेरै खुसी हुनुभयो कि भनी साध्य छैन । हामीले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा विवाह दर्ता गर्यौँ । अन्य तामझाममा लागेनौँ । दाइजो र अंश दुबै नलिइ आफ्नै परिश्रममा जीवन बाँच्न सिक्ने भन्दै ।
विवाहपछि निरन्तर पढाइ
विवाहपछि मेरो दैनिकी फेरियो । गरिरहेको काम छाडेँ । सासूआमा दमको बिरामी हुनुहुन्थ्यो । मैले उहाँको स्याहार–सुसारमा कुनै कमी हुन दिइनँ । सँगसँगै पढाइ पनि निरन्तर लगेँ । यही बीचमा छोरा जन्मियो । केही समयपछि त्रिविमै जागिर खाएँ । काम गर्दै त्रिविबाटै मैले एमए सकाएँ । संस्कृत विश्वविद्यालयबाट ‘विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासका नारी पात्रमा नीति चेतना’ शीर्षकमा पिएचडी गरेँ । सोलुखुम्बुबाट पिएचडी गर्ने पहिलो महिला म नै भएँ ।
पढाइसँगसँगै साहित्य
आठ कक्षामा पढ्दै गर्दा स्कुलमा बालदिवस, राजाको जन्मदिनलगायतमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो । एक दिन स्कुलमा कविता प्रतियोगिता थियो । प्रतियोगिताको अघिल्लो दिन म घरनजिकैको चौतारोमा कविता लेख्दै थिएँ । तर, लेख्नै आएन । गणित पढाउने शिक्षक लोचन शर्माले देखेपछि के लेखेको रु भनेर सोध्नुभयो । ‘कविता लेख्न थालेको आउँदै आएन’ भनेँ । उहाँले ‘नारी कमजोर छैनन् भनेर लेख न’ भनेपछि मैले लेखेँ :
नारी तिमी नारी भएर बाँच
नारी तिमी नारी भएर हाँस ।
कविता लेखेर भोलिपल्ट स्कुलमा सुनाउने योजनासहित म घर पुगेँ । तर, आमाले अर्कै योजना बनाइसक्नुभएको रहेछ । हाम्रो बिदाको दिन काम गर्ने खेताला बोलाउने र हामीलाई खेताला हेर्न खेतमा पठाउने । डोकोमा स्कुल ड्रेस बोकेर म खेतमा गएँ । खेताला छाडेर म स्कुल हान्निएँ ।
कार्यक्रम सुरु भइसकेको रहेछ । कविता वाचन गरेँ, नृत्य देखाएँ, खेल खेलेँ सबैमा पुरस्कृत भएर हातभरि कापी र डट्पेन पुरस्कार बोकेर अबिर दलिएको अनुहार लिएर खेतमै फर्किएँ । आमा खेतमै पुगिसक्नुभएको रहेछ । मलाई देखेर खुसी हुनुको सट्टा उहाँले गाला थप्पड लगाउनुभयो ।
एमए पढ्दा पुनः लेखनमा
६० सालको कुरा हो, एमए पढ्दै थिएँ । एक–दुईवटा गजल लेखेर साथीहरूलाई सुनाएँ । साथीहरूले ‘साहित्यलाई निरन्तरता दिन’ भनेपछि पुनः लेख्न थालेँ । अन्ततः नेपाली गजलमा नारी हस्ताक्षर सहलेखन ९०६२०, उमाइन्द्र कवितासंग्रह ९०६६०, पिँजडाको सुगा –बालकविता संग्रह ९०६७०, संघर्षका पाइला– गजलसंग्रह ९०६७०, शिखर पुरुषप्रति श्रद्धासुमन ९शोककाव्य ०६७०, अवसरको सगरमाथा गजलसंग्रह ९०६८०, सोलुखुम्बुको गजल संगालो सहलेखन ९०६९०, अस्तित्वको खोजी कथासंग्रह ९०७००, गुलाफ फुल्न खोज्दा आत्मकथा ९०७००, भिरमह उपन्यास ९०७३० कृति प्रकाशित गरेँ ।
२०५४ सालमा त्रिविमा असिस्टेन्टबाट जागिर गरेँ । हाल शिक्षा शास्त्र केन्द्रीय विभागमा उपप्रशासकको जिम्मेवारीमा छु । सुरु–सुरुमा गाह्रो भयो । हेप्न खोजेजस्तो, गिज्याउन खोजेजस्तो लाग्थ्यो । म कडा भएर प्रस्तुत भएपछि त्यस्तो असहज भएन ।