देउवाले बालेनलाई बधाई दिँदै भने– महानगरको काममा सरकार र कांग्रेसको साथ छ

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण
देउवाले बालेनलाई बधाई दिँदै भने– महानगरको काममा सरकार र कांग्रेसको साथ छ

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्रीनिवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।

देउवाको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्रीले महानगरको काममा सरकार र कांग्रेसको साथ र सहयोग रहने बताएका छन् । 

शाहले आफू महानगरमा कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका थिए । भेटमा प्रधानमन्त्रीले महानगरको मेयरमा विजयी भएकोमा शाहलाई बधाई दिएका थिए।

सुझावित समाचार