नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको प्रशिक्षण

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनमा निर्वाचित आफ्ना जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले तालिम सुरु गरेको छ ।

काठमाडौंको कुमारी हलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार तालिम उद्घाटन गरे । दुई दिनसम्म चल्ने तालिममा स्थानीय तहमा निर्वाचित मेयर, उपमेयर, पालिका अध्यक्ष, उपाध्यक्ष तथा केही स्वतन्त्र उम्मेदवारी दिएर विजयी जनप्रतिनिधि सहभागी छन् ।

तालिममा प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रशिक्षण, पार्टीका विभागीय नेता तथा स्वतन्त्र विज्ञहरूले विषयगत प्रशिक्षण दिने जानकारी दिइएको छ । 
०७४ मा सम्पन्न स्थानीय तहको पहिलो निर्वाचनपछि पनि माओवादीले आफ्ना निर्वाचित जनप्रतिनिधिलाई तीन दिने तालिम आयोजना गरेको थियो । 

सुझावित समाचार