मनाङका तीन पालिकामा मतगणना सुरु

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

हिमाली जिल्ला मनाङका तीन स्थानीय तहमा मतगणना सुरु भएको छ । मनाङको चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको हो  । 

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना शुकबार राति नै हुने बताए ।मनाङको विकट नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना सुरु गरिएको  हो । 

नार्पाभूमिका वडाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा राति संकलन हुने र सर्वदलीय सहमतिअनुसार अघि बढ्ने निर्णय  भएको छ ।  कुल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ अर्थात् कुल मतको ६३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुझावित समाचार