काठमाडौं महानगरको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता

आइतबार, ११ बैशाख, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाकाे मेयरमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्। उनी स्वतन्त्र उम्मेदवार हुन्।  निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले केही समयअघि उम्मेदवारी दर्ता गराएका हुन्।

वैशाख ३० गते हुने स्थानीय तहको निवार्चनका लागि आज र भोलि उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन पाइने समय तोकिएको छ।

शाहले आफ्नो चुनावी घोषणापत्र जारी गरिसकेका छन्। उनले नयाँ पुस्ताका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन्। नयाँ पुस्ताको चिन्ता गरेर पुरानैहरूलाई मतदान गर्न उचित नहुने उनले बताएका छन्।
 

सुझावित समाचार