पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग पाँच घण्टापछि सुचारु

बुधबार, ९ चैत, २०७८
डिजिटल संस्करण

पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग सुचारु भएको छ । बुधबार बिहान १२ बजेदेखि सुक्खा पहिरोका कारण अवरुद्ध सुदूरपश्चिमका सातवटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पुनः सञ्चालनमा आएको हो । 

डडेल्धुराको गन्यापधुरा गाउँपालिका– साहुखर्कमा  सडक माथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको प्रहरी  कार्यालय डडेल्धुराले जनाएको छ । प्रहरीका अनुसार  डोजर लगाइएर पहिरो हटाएर राजमार्ग सञ्चालनमा ल्याइएको हो । आज दिउँसो १२ बजेबाट अवरुद्ध सडक साढे पाँच घण्टापछि पुन: सञ्चालनमा आएको हो । 

सुझावित समाचार