नेपालका लागि होन्डा मोटरसाइकल तथा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बाइक तथा स्कुटरको एक्सचेन्ज क्याम्प सञ्चालन गरेको छ । क्याम्प चैत १७ सम्म सञ्चालन हुने भएको हो ।
एक्सचेन्ज क्याम्पको अविधिभर ग्राहकले कुनै पनि ब्रान्डको बाइक तथा स्कुटर एक्सचेन्ज गरी होन्डाको बाइक वा स्कुटर चढ्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले आफ्नो साधनको एक्सचेन्जमा विभिन्न सुविधाका साथै प्रचलित बजार मूल्यभन्दा सात हजार रुपैयाँ एक्सचेन्ज बोनससमेत प्राप्त गर्ने जनाइएको छ ।