श्रीलंकाद्वारा रुस र युक्रेनका पर्यटकको भिसा अवधि थप

मंगलबार, १७ फागुन, २०७८
डिजिटल संस्करण

श्रीलंकाले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरूको भिसाको म्याद थप्ने निर्णय गरेको छ। उनीहरू अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरूको भिसाको अवधि दुई महिना थप गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।
 
रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिले रुस र युक्रेनबीच युद्ध भइरहेको छ। युद्धका कारण युक्रेनमा रहेकाहरू पनि सकेसम्म अन्य देशतर्फ जाँदै छन्। सरकारी अधिकारीहरूका अनुसार श्रीलंकामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटक रहेका छन्। तीमध्ये ११ हजार चार सय ६३ जना रुसका पर्यटक रहेका छन् भने तीन हजार नाै सय ९३ जना युक्रेनका रहेका छन्।

श्रीलंकाको पर्यटन मन्त्रालयको प्रस्तावलाई मन्त्रिपरिषद्ले सोमबार बेलुका पारित गरेको अधिकारीहरूले जनाएका छन्। सरकारको निर्णयबाट लाभान्वित हुने रुस र युक्रेनका पर्यटकले खुसी व्यक्त गरेकाे समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा

सुझावित समाचार