पुटिनलाई मोदीको फोन, हिंसा अन्त्य गर्न आग्रह

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार राति टेलिफोन सम्पर्क भएको छ । कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति पुटिनलाई युक्रेनमाथिको आक्रमण र हिंसा तत्काल रोक्न आग्रह गरेको भारतीय प्रधानमन्त्रीकाे कार्यालयले जनाएको छ । 

भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री मोदीले ‘सबै पक्षबाट कूटनीतिक वार्ता र संवादको बाटोमा फर्कन’ आह्वान गरेका बताइएको छ ।  मोदीले रसिया र नेटोबीचको मतभेद ‘इमानदार र निष्पक्ष वार्ताबाट मात्र’ समाधान गर्न सकिने बताएको पनि वक्तव्यमा उल्लेख छ । 

भारतले युक्रनेमाथिको रुसी आक्रमणको निन्दा गरेको छैन । भारतले रुसमाथि कुनै प्रतिबन्ध पनि लगाएको छैन । सोभियत संघको समयदेखि नै दुई देशबीच घनिष्ठ सम्बन्ध रहंदै आएको छ । 

सुझावित समाचार