किभमा १९४१ पछिकै ठूलो आक्रमण भएको दाबी

शुक्रबार, १३ फागुन, २०७८
डिजिटल संस्करण

युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुलेबाले रसियाले युक्रेनको राजधानी किभमा रकेट आक्रमण गरेको बताएका छन् । परराष्ट्रमन्त्री कुलेबाले उक्त आक्रमणलाई सन् १९४१ पछिको सबैभन्दा ठूलो आक्रमण भएको बताएका छन् । 

शुक्रबार कुलेबाले ट्विट गर्दै भनेका छन्, ‘रसियाले किभमा विध्वंशकारी रकेट आक्रमण गरेको छ । अन्तिमपटक किभमा यस्तो खालको आक्रमण सन् १९४१ मा नाजी जर्मनीले गरेको थियो । युक्रेनले त्यसबखतको दुष्टलाई परास्त गरेको थियो र यसपालि पनि परास्त गर्नेछ ।'

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको स्वतन्त्रता र माटोको रक्षा गर्ने बताएका छन् । त्यसका लागि ‘प्रभावकारी अन्तर्राष्ट्रिय सहायता’को आवश्यक रहेको बताउँदै जेलेन्स्कीले टि्वट गर्दै भनेका छन्, ‘हामी सबै मिलेर रसियालाई वार्ताको टेबुलमा ल्याउनुपर्छ । हामीलाई युद्धविरोधी गठबन्धन चाहिएको छ ।’  रसियाको आक्रमणबाट अहिलेसम्म युक्रेनी सेना तथा नागरिक गरेर कम्तिमा १३७ जनाको मृत्यु भएको बताइएको छ । 

Horrific Russian rocket strikes on Kyiv. Last time our capital experienced anything like this was in 1941 when it was attacked by Nazi Germany. Ukraine defeated that evil and will defeat this one. Stop Putin. Isolate Russia. Severe all ties. Kick Russia out of everywhete.

— Dmytro Kuleba (@DmytroKuleba) February 25, 2022

सुझावित समाचार