राजदूतको अभिव्यक्तिको खण्डन गर्दै युक्रेनले भन्यो– नेटोमा सामेल हुने सम्भावना ‘संविधानमा निहित’ छ

सोमबार, २ फागुन, २०७८
डिजिटल संस्करण

‘युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठनको सदस्यता नलिएर रुससँगको युद्ध रोक्न सक्ने’ भनाइलाई युक्रेनले खण्डन गरेको छ । ब्रिटेनका लागि युक्रेनका राजदूत वादिम प्रिस्ताइकोले नेटोको सदस्यता लिने विषयमा युक्रेन ‘लचिलो’ हुन सक्ने बताएका थिए । युक्रेनको विदेश मन्त्रालयले राजदूत प्रिस्ताइकोको सोही अभिव्यक्तिलाई ‘सन्दर्भभन्दा बाहिर’ लगेर बुझ्ने प्रयास गरिएको भन्दै त्यसको खण्डन गरेको हो ।

मन्त्रालयले पश्चिमी सैन्य गठबन्धनमा सामेल हुने सम्भावना युक्रेनको ‘संविधानमा निहित’ रहेको बताएको छ। ‘हाम्रो देशको प्राथमिकतामा सुरक्षा ग्यारेन्टी  छ र  सबैभन्दा राम्रो ग्यारेन्टी नेटोमा तुरुन्त सामेल हुनु हो,’ मन्त्रालयले भनेको छ । 

सुझावित समाचार