पिपलयाटार र ललाहानीटारमा पहिलोपटक सडक पुग्यो

आइतबार, २३ माघ, २०७८
डिजिटल संस्करण

धनकुटाको सहिदभूमि गााउँपालिकाको पिपलयाटार र ललाहानीटारमा पहिलोपटक सडक पुगेकोे छ। गाउँपालिकाको वडा नं. २ स्थित पिपलयाटार र ललाहानीटारमा तीन/चार वर्षदेखिको प्रयासपछि सडक पुगेको हो।

यसअघि नै सडक सञ्जालले जोडी सक्ने भनिए पनि ठूलाठूला चट्टान र भिरको कारण यी दुई गाउँलाई सडक सञ्जालसँग जोड्न समय लागेको सहिदभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले बताए। चालू आर्थिक वर्षमा छुट्याइएको १० लाख बजेटले सडक विस्तार कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

सुझावित समाचार