बैकिङ कसुरमा जनकपुरका कमलकुमार सिंह पक्राउ

शुक्रबार, १४ माघ, २०७८
डिजिटल संस्करण

प्रहरीलाई बैंकिङ कसुर मुद्दामा धनुषा जनकपुरधाम उमपा– ८ का ४९ वर्षीय कमलकुमार सिंहलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार काँडाघारीबाट पक्राउ गरेको हो।

उनले विभिन्न व्यक्तिलाई जग्गा खरिद गर्ने र व्यापार गर्ने बहानामा ठगी गर्दै आएका थिए। पीडितमध्ये एकजनालाई उनले रकम नभएको ६० लाख रुपैयाँको चेक दिएका थिए। चेक बाउन्स भएपछि उनलाई प्रहरीले बैंकिङ कसुर मुद्दामा पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले एक वर्षअघि पनि एक पीडितलाई रकम नभएको ६१ लाख रुपैयाँको चेक दिएका थिए। बाउन्स भएपछि पीडित अदालत गएका थिए। उच्च अदालत पाटनले उनलाई १५ पुस ०७७ मा १५ लाख रुपैयाँ धरौटी रकम माग गरेको थियो।

तर, उक्त रकम तिर्न नसेकपछि उनी जेल गएका थिए। केही दिनपछि उनले धरौटी रकम बुझाएर जेल मुक्त भएका थिए। त्यसलगत्तै पुनः ठगी धन्दामा लगेको प्रहरीको भनाइ छ। उनले अन्य व्यक्तिलाई लाखौँ रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ।
 

सुझावित समाचार