ज्योति लाइफले प्रिमियम भुक्तानीमा एक हजारसम्म क्यासब्याक दिने

मंगलबार, ११ माघ, २०७८
डिजिटल संस्करण

अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा प्रिमियम ‘खल्ती’बाट तिर्दा प्रयोगकर्ताहरूले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ । कम्पनीले पाँच हजार रुपैयाँसम्मको खल्ती प्वाइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड इन्स्योर १०० प्रयोग गरी एक सय रुपैयाँ क्यासब्याक पाउने योजना ल्याएको हो ।  

कोरोना भाइरस महामारीको समयमा डिजिटल भुक्तानीले अर्थ व्यवस्थालाई सहज बनाएको र प्रयोगकर्तालाई भाइरसको सम्पर्कबाट बच्न मद्दत गरेको निष्कर्षसहित कम्पनीले नयाँ योजना ल्याएको जनाएको छ । खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटलाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको बताए । धेरै बिमा ग्राहकले डिजिटल प्लेटफर्ममार्फत आफ्नो प्रिमियम तिर्न रुचाउने गरेको उनको भनाइ छ । उनले भने, ‘डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याइएको हो ।’

सुझावित समाचार