‘सिटिजन्स सुपर ५०’ म्युचुअल फन्डको इकाइ निष्कासन खुला

बुधबार, २ मंसिर, २०८३
डिजिटल संस्करण

बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’को इकाइ निष्कासन तथा बिक्री बुधबारदेखि खुला भएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड व्यवस्थापक रहेको योजनाको अवधि १० वर्ष छ। योजनाको प्रारम्भिक आकार १ अर्ब रुपैयाँ छ भने मागअनुसार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म  कायम गर्न सकिने कम्पनीले जनाएको छ।

योजनाको इकाइ निष्कासन छिटोमा मंसिर ७ र ढिलोमा मंसिर १६ गतेसम्म खुला रहनेछ। योजनाको कायम आकारको १५ प्रतिशत बिज पुँजीका रूपमा योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लगानी रहेको छ।

यस योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरूले इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताहरूले मेरो सेयर तथा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इकाइ बाँडफाँडपश्चात् यस योजना नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमार्फत कारोबार गर्न सकिनेछ।

सुझावित समाचार