टेकु अस्पतालमा चिकित्सकसहित ५० बढीमा कोरोना संक्रमण, खोप कार्यक्रम स्थगित

आइतबार, ९ माघ, २०७८
डिजिटल संस्करण

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक हप्ताका लागि कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ। अस्पतालले आइतबार सूचना जारी गर्दै माघ १० देखि माघ १६ सम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ। 

अस्पतालमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरू गरी ५० जनाभन्दा बढीमा कोभिड–१९ संक्रमण देखिएकाले खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।  

सुझावित समाचार