जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड

सोमबार, ३ माघ, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा पनि जिल्ला प्रशासन कार्यालय सिराहामा सेवाग्राहीको भिड कम भएको छैन । नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली र विभिन्न प्रकारका सिफारिसका लागि जिल्ला प्रशासन कार्यालय सिराहामा दैनिक रूपमा भिडभाड भइरहेको छ ।

सेवाग्राहीको भिडलाई व्यवस्थापन गर्न नसक्दा जिल्ला प्रशासन पुग्नेहरूमा कोभिड संक्रमणको जोखिम बढ्न सक्ने सम्भावना रहेको छ । भिडभाड व्यवस्थापन गरी सहज रूपमा सेवा प्रदान गर्नमा जिल्ला प्रशासन कार्यालयले कुनै पहल गरेको छैन । 

भिडभाडका कारण संक्रमण बढ्न सक्ने भन्दै त्यसलाई रोक्न सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड– १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले गत पुस २८ मा भिडभाड रोक्ने निर्णय पनि गरेको छ । तर, जिल्ला प्रशासन कार्यालयमा नै निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।

सुझावित समाचार