खाद्यमा धान बेच्न किसानको घुइँचो

आइतबार, २५ पुष, २०७८
डिजिटल संस्करण
खाद्यमा धान बेच्न किसानको घुइँचो

तस्बिर : मणिलाल विश्वकर्मा/नयाँ पत्रिका

सिराहाको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयमा धान बिक्री गर्न आउने किसानको घुइँचो लागेको छ । प्राथमिक धान खरिद समितिले बिहीबारदेखि खरिद गर्ने निर्णय गरेको थियो ।

शुक्रबार बिहानैदेखि धान बेच्न आउने किसानको घुइँचो बढेको छ । धान बिक्री गर्न आएका सिराहा बरियारपट्टीका किसान निरञ्जन यादवले दिउँसभर पर्खिएपछि साँझपख मात्र पालो आएको बताए ।

शाखा प्रमुख शम्भुप्रसाद रेग्मीका अनुसार यस वर्ष १५ हजार क्विन्टल सोना मन्सुली र तीन हजार क्विन्टल जिरा धान (कतरनी) खरिद गर्ने खाद्यको लक्ष्य छ ।

See More On

सुझावित समाचार