(उनी न्युयोर्क बसेर कलाकारिता गर्छन्)
म धेरै वर्षदेखि ‘सहयात्री (कम्पानियन)’बारे सोचिरहेको छु । मैले सन् १९९९ मा पहिलोपटक यो चरित्र (क्यारेक्टर) सिर्जना गर्दा यसको भविष्यबारे खासै कहिल्यै सोचिनँ । सहयात्रीको पहिलो संस्करण (मूर्ति) लगभग संयोग थियो । तर, गत दुई दशकमा सहयात्री मेरा लागि सहोदरसरह भएको छ । यसले जीवन्तता प्राप्त गरेको छ । विभिन्न संस्करणहरूमा यो चरित्र मेरा चिन्तन र बोध सञ्चार गर्ने माध्यम पनि बनेको छ ।
सन् २०१९ को बिदाइ नजिकिँदै गर्दा म सहयात्रीको सम्झना गराउने एउटा मूर्ति बनाउन चाहन्थेँ । सन् २०२० मा महामारीका सुरुवाती दिनताका नै म ‘कम्पानियन २०२०’को रचनामा आइपुगेँ । यसको छवि ममा गुञ्जायमान भयो । सहयात्रीको मूर्ति जमिनमा पसारिएको छ र ऊमाथिको खुला स्थानमा म मेरो मस्तिष्कका सबै भार पनि पसारिएको अनुभव गर्छु । मेरा दर्शकहरूको पनि आफ्ना चिन्ता, व्याकुलता र भावना सहयात्रीको यो प्रतिकृतिमाथि विसर्जन हुने विश्वास मेरो छ । मूर्तिमाथि जति बोझहरू विसर्जन हुँदै जान्छन् त्यत्तिकै यसले विश्रामको पनि प्रतिनिधित्व गर्नेछ । विश्रामको त्यो पलले दैनन्दिनमा फर्कन ऊर्जा भरिदिनेछ ।
‘कम्पानियन २०२०’ को अस्तित्व गत २० वर्षमा जे भयो र अब जे हुन्छ त्यसको सँघारमा खडा छ । मलाई लाग्छ– सन् २०२१ मा विस्तार भएर जाने सन् २०२० का चुनौतीहरूसँग जुधिरहँदा हामी जमिनमा उँधोमुख पसारिनेछौँ, जसबाट हामीलाई छिनभर विश्रामको ऐहसास मिल्नेछ । सहयात्रीले जसरी नै छोटो विश्राम दिने यो अवधारणामा मैले आशावाद भेट्टाएको छु । यो अगाडि बढ्नुअघि सामथ्र्य हासिल गर्ने एउटा तरिका हो ।