होन्डाको दसैँ–तिहार योजनाका विजेता घोषित

बुधबार, २९ मंसिर, २०७८
डिजिटल संस्करण

नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैँ तथा तिहार स्किम ‘होन्डाको साथ ७’का विजेताहरू घोषित गरेको छ । योजनाअनुसार स्क्र्याच कुपनमार्फत ७ प्रदेशबाट भाग्यशाली सातजनाले एक लाख रुपैयाँका दरले नगद तथा बम्परमा एकजना भाग्यशाली विजेताले १५ लाख रुपैयाँ प्राप्त गरेको कम्पनीले जनाएको छ ।

उपहार योजनामा १५ लाख रुपैयाँको बम्पर उपहार लुम्बिनी प्रदेशको एसटी अटोकी ग्राहक सावित्रा श्रेष्ठले जितेको जनाइएको छ । त्यस्तै, ‘होन्डाको साथ ७’मा प्रदेश नम्बर एकमा रविना चौधरी, प्रदेश नम्बर २ मा रामप्रकाश यादव, बागमती प्रदेशमा अनिना मानन्धर, गण्डकी प्रदेशमा जमुना मुडभरी, कर्णाली प्रदेशमा तारा थापा र सुदूरपश्चिम प्रदेशमा परशुराम थारूले एक लाख रुपैयाँका दरले रकम प्राप्त गरेको जनाइएको छ ।

यसका साथै योजनाअन्तर्गत होन्डा खरिद गर्ने सम्पूर्ण ग्राहकले, सात वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, सात वर्षसम्मका लागि नौवटा बोनस सर्भिस कुपन तथा होन्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजार रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गरेको जनाइएको छ । 

See More On

सुझावित समाचार