काबुलको तैमानी क्षेत्रमा बम विस्फोट

शनिबार, १८ मंसिर, २०७८
डिजिटल संस्करण

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ। काबुलको तैमानी क्षेत्रमा शनिबार उक्त विस्फाेटन भएको अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। विस्फाेट कसले र के कारणले गरायो भन्ने अहिलेसम्म खुलेको छैन। विस्फाेटबाट भएको मानवीय र भौतिक क्षतिको विवरण सार्वजनिक भइनसकेको समाचार संस्था टोलोलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सुझावित समाचार