लिमीमा पुर्‍याइयाे दुई सय १५ क्विन्टल खाद्यान्न

बिहिबार, १६ मंसिर, २०७८
डिजिटल संस्करण

हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमीमा करिब चार महिनालाई पुग्ने गरी खाद्यान्न पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरले तीन चरणमा दुई सय १५ क्विन्टल खाद्यान्न पुर्याएकाे हाे। 

केही दिनअघि लिमी क्षेत्रका जनप्रतिनिधिले खाद्यान्न पठाउन पहल गरेपछि सेनाको हेलिकोप्टरमार्फत लिमीमा खाद्यान्न ढुवानी गरिएको हो। 

हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले उक्त खाद्यान्नले करिब तीन–चार महिना खान पुग्ने बताए। अभाव भए फेरि पठाउन सकिने उनको भनाइ छ। उनका अनुसार सिमिकोट खाद्यान्न डिपोमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दैनिक ३५ क्विन्टल खाद्यान्न लैजाने गरेको छ ।

हिमालको पछाडिको भागमा पर्ने लिमीमा अत्याधिक हिमपात हुने भएकाले जाडोयाममा मानिसहरू ओहोरदोहोर गर्न सक्दैनन् ।

See More On

सुझावित समाचार