कास्कीका ६ वटै क्षेत्रमा कांग्रेसका प्रदेश सभापति निर्वाचित

शनिबार, ४ मंसिर, २०७८
डिजिटल संस्करण

कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेश सभाका ६ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ । प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नं १ (क) मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भएका छन् । यसैगरी, १ को (ख)बाट कृष्णप्रसाद कोइराला निर्वाचित भएको कास्की कांग्रेसले जनाएको छ ।  

क्षेत्र नम्बर २ को (क)बाट दिनेश आचार्य सभापतिमा विजयी भएका छन् । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित भए । 

यसैगरी, क्षेत्र नम्बर २ को (ख)बाट दीपेन्द्र मरासनी सभापतिमा निर्वाचित भएका छन् । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिवमा सुवर्ण केसी र शिरीषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजू र सुरेश खवास निर्वाचित भए । 
     
कास्की क्षेत्र नम्बर ३ को (क) बाट पुष्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका छन् । उपसभापतिमा मोतीराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गंगाबहादुर गुरुङ, प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भएका छन् । 

यसैगरी, क्षेत्र नम्बर ३ को (ख)बाट जीवनाथ पौडेल निर्वाचित भएका छन् । प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई–दुईजना निर्वाचित भएका छन् । 

सुझावित समाचार