म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएका छन्। नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकाले एक–आपसमा टीका र माला लगाएर भाइटीका पर्व मनाएका हुन्। अष्ट्रेलियामा रहेका म्याग्दीका छोरीबुहारीले स्थापना गरेको ‘उई केयर एन्ड लभ’ संस्थाले बालगृहमा सामूहिक भाइटीका कार्यक्रमको आयोजना गरेको हो।
बालगृहका बालबालिकालाई तिहार निरस नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको उई केयर एन्ड लभ संस्थाका प्रतिनिधि उपेन्द्र गिरीले बताए। म्याग्दी बालगृहमा हाल ११ बालबालिका आश्रित छन्। अभिभावकविहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ।
नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजासामग्री, मिठाईलगायत खानाका परिकारको व्यवस्था गर्ने उई केयर एन्ड लभ संस्थामा आबद्ध चेलीहरूलाई धन्यवाद दिए। रासस
बालगृहमा सामूहिक भाइटीका
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
सौर्य सिमेन्टको चुनढुंगा ढुवानी रोकिएपछि टिपर व्यवसायीद्वारा टायर बालेर प्रदर्शन
उदयपुर । सौर्य सिमेन्टको खानीबाट चुनढुंगा ढुवानी रोकिएपछि ट्रिपर व्यवसायीहरूले सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका&ndas…
कर्णाली राजमार्ग अवरुद्ध
सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका– १ मा पर्ने गगने खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवर…
सिँचाइ कार्यालय थप सेवासहित मर्ज, दुई ठाउँबाट थप सेवा प्रवाह
लहान । सिराहाको लहान नगरपालिका– १० स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय स्थनान्तरण नभई ऊर्जा र खानेपान…
वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र प्रभावित भएको छ । आजको बन्दसत्रमा महाधिवेशन प्रत…
कांग्रेस वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
काठमाडाैं । कांग्रेस वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन् । शर्माको एकल उम्मेदवारी परेको निर्वाचन समि…
सभापतिमा गगनलाई आफ्नै गुरुको चुनौती, राठोर पनि मैदानमा
काठमाडाैं । विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति चयन भएका गगन थापालाई १५औँ महाधिवेशनमा आफ्नै गुरु श्यामकृष्ण खड्गीले…