चार लाख ६४ हजारसहित घोराहीबाट २० जुवाडे पक्राउ

सोमबार, १५ कार्तिक, २०७८
डिजिटल संस्करण

दाङको घोराहीबाट २० जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका– १४ रझेनाबाट  आइतबार राति २० जुवाडे पक्राउ गरिएको हो ।  प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद तथा जुवाडेले प्रयोग गर्ने चारवटासहित उनीहरूलाई पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा एमाले नेता घोराही– १५ निवासी ५७ वर्षीय  महावीर वली, घोराही १५ कै ध्रुवराज केसी, सोही ठाउँकै पूर्णचन्द अधिकारी, रोल्पा रुन्टीगढी गाउँपालिकाका ४३ वर्षीय रूपलाल विक, घोराही उपमहानगरपालिका– १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय  मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ वर्षीय  लालबहादुर अमल, घोराही १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही– १२ का ५२ वर्षीय कुलराज वली रहेका छन् । 

त्यस्तै, कांग्रेस नेताहरू घोराही– ५ का ५७ वर्षीय नवीन पछाई, घोराही– १५ का ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल,  ४२ कै प्रमोद गौतम, घोराही– १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही– १६ का ३४ वर्षीय रवि गिरी, घोराही– १८ का ४९ वर्षीय समीर लामा, घोराही– १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही– १४ का २४ वर्षीय कमल घर्ती रहेका छन् । 

सुझावित समाचार